म्यादी प्रहरीमा आवेदन दिने १४ सय ६८ जना मध्ये ७ सय ९१ छनौट !

बागलुङ २०७४ कात्तिक १० । म्यादी प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा आवेदन दिने २ सय ३६ जना महिला समेत १ हजार ४ सय ६८ जना मध्ये पुरुष/महिला गरी जम्मा ७ सय ९१ जना छनौट भएका छन् ।

दुई चरणमा हुने आसन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनको शान्ति सुरक्षाका लागि म्याग्दी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले ईबागलुङलाई बताए ।

प्रहरी उपरीक्षक खापुङले आज छनौट भएका म्याग्दी प्रहरीहरुलाई सदरमुकाम बागलुङ, बुर्तिवाङ, गल्कोट, बरेङ ईलाका प्रहरी कार्यालयहरुमा टे«निङका लागि पठाईने जानकारी दिँदै एक हप्ताको तालिम पछी उनिहरुलाई आवश्यक पोशाक आदि सामान उपलव्ध गराईने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *