मोटर बाटो खन्दा कुलो पुरिएपछि सामाचौरको सयौं रोपनी खेत बाँझै, किसान मर्कामा !

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक १० । यति वेला जताततै धान पाकेर पहेँलपुर र सुन्दरभई रहेको बेला गुल्मीको सामाचौर फाँट भने सिचाईको अभावमा बाँझै रहँदा झार र बन्सो उम्रिएर कुरुप बनेको छ । मोटरबाटोको स्तरबृद्धि गर्ने क्रममा कुलो पुरिए पछि हजारौं मुरी धान फल्ने सामाचार फाँटको सयौं मुरी खेत यस वर्ष कृषकहरुले बाँझै राखे ।

ईस्मागाउँपालिका वडा नम्वर–२ , हस्तीचौरको सामाचौर फाँट छल्दी पनाह रातडाँडा सडक खण्डको विचमा पर्ने रातचौरमा डोजरले सडक फाराकिलो पार्ने क्रममा तल रहेको कुलो पुरेपछि कृषकहरु ठुलो मर्कामा परेका छन ।

खेत धनी मध्येका कर्णबहादुर पाण्डे भन्छन्–‘मरो मात्रै ६५ मुरी धान फल्ने १० रोपन खेत बाँझै छ खतम पा¥यो मोटर बाटोले सञ्चार माध्यमले जोडदार ढंगले उठाई दिनु प¥यो । ’ उनका अनुसार १५ जना भन्दा बढि कृषकहरुको सयौं रोपनी खेत यसपाली बाँझै रहेको छ । त्यसमा ६ हजार मुरी भन्दा बढि धान फल्ने गर्दथ्यो । त्यति नै मात्रमा मकै , गहुँ र तरकारी समेत उव्जेनी हुन्थ्यो । अर्का कृषक प्रेमलाल मरासनीले आफ्नो तिन रोपनी खेतमा १७ मुरी धान फल्ने गरेको तर अहिले केहि गरामा कोदो रोपेको र अरु सवै बाँझै रहेको दुख ब्यक्त गरे ।

अन्य कृषक होमलाल मरासनीनी , रामबहादुर कुँवर , देवबहादुर पाण्डे, विष्णुकुमारी पाण्डे , बुद्ध सिंह खत्री , सन्तबहादुर नेपाली , दलविर मुखिया, रणबहादुर जिसीका चार भाई छोराहरु , विष्णुबहादुर पाण्डेका छोराहरु लगायतका कृषकहरु यस वर्ष ठुलो मर्कामा परेका छन् । छलदी पनाह देखि रातडाँडा हुँदै ईन्द्रगौडा सम्म सडक फराकीले गर्दै पिच हुन लागेको उक्त सडक र भाडगाउँ सामाचौर जोड्ने पक्की पुल बनाउँदा त्यहाँका कृषकहरुले सदियौं देखि सिंचाई गर्दै आएको कुलो नष्ट पारे पछि पुनरनिर्माणमा समेत ति कृषकहरुले लाखौं खर्च गर्नु पर्ने भएको छ ।

एउटै गरामा ३५ मुरी धान फल्ने समथल र सुन्दर फाँटका रुपमा प्रशिद्ध सामाचौर फाँटको १५ जना जना भन्दा बढि कृषकहरुको खेत यसपालि बाँझै रहँदा अनिकालको समस्या खेप्ने भएका छन् । कतिपय कृषक धान स्याहर्ने चाँजोपाँजोमा छन् तर सामाचौर फाँटका कृषकहरुको खेतमा भने एकादुई जनाले कोदो रोपेका छन अरु सवै बाँझै रहेको छ ।

पक्की पुल निर्माण कम्पनीले आफुले क्षति भएको स्थानमा कुलो बनाई दिने बताए पनि पुल सम्पन्न गरी सके पछि सम्पर्कमा नआएको पीडित कृषकहरुले बताएका छन् । उक्त सडक निर्माणको जिम्मा पाएको तम्घास सिमलटारी प्युृठान सडक आयोजना संग ती पीडित कृषकहरुको मर्का बारे ध्यानकृष्ट गराई दिदा आयोजना प्रमुख सुजन अधिकारीले निर्माण व्यवसायीलाई भनेर कुलोमा पसेको माटो ढुङ्गा हटाउन लगाई दिने तर क्षतिपुर्ति भने दिन नसकिने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *