हिल घुस्मेलीको हरिबोधनी एकादशी मेलाको तयारी पुरा , भोलिबाट भलिबल सुरु !

शान्त खत्री मौसम, गल्कोट २०७४ कात्तिक १० । त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका(३ घुस्मेलीले संचालन गरेको हरिबोधनी एकादशी मेला २०७४ को सम्पूर्ण तयारी पूरा भएको छ । घुम्टे हाम्रो सान ,पर्यटन बिकास हाम्रो अभियान भन्ने मुलनारा सहित संचालन हुदै आएको मेला यस बर्ष पनि विविध प्रतियोगिताका साथमा त्रिशुली नदीमा लोक बाजा , भजन सहित ३६५ हात लामो तोरण तार्नुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकार राजु ढकाल लगाएतको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक जीवन बस्नेतले बताए ।

भोलिदेखी संचालन हुने मेलामा खुल्ला वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता , भुपु भलिबल प्रतियोगिता नयाँ संरचनाको वार्ड स्तरीय रहने बताईएको छ ।
त्यस्तै कार्यक्रममा एकल नृत्य र सोलो बाईक रेस संचालन हुने सचिव गणेश कार्कीले बताए । बागलुङ जिल्लाकै मिनी महोत्सवको रूपमा संचालन हुने कार्यक्रमको अवधि भर हजारौं दर्शक अवलोकन गर्ने अनुमान गरिएको उपाध्यक्ष खडक बहादुर कार्कीले बताए । कार्यक्रम लाई गाउँपालिका प्रमुख प्रकाश घर्तीले सम्बोधन गर्ने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *