प्रवास : यूएईमा देउसी भैलोबाट उठेको रकम पीडितलाई हस्तान्तरण !

सचिन्द्र श्रेष्ठ,यूएई, २०७४ कात्तिक १० । उपचार खर्च व्यवस्थापन गर्न नसकेका कारण राहदानी नै अस्पतालले राखेको नेपाली महिला कामदारको उद्धारका लागि ‘नेपाली समुदाय यूएई’ले यो वर्ष पनि देउसी–भैलो खेलेको छ।

कार्यक्रमबाट उठेको रकम सार्वजनिक गर्दै आयोजक समितिका संयोजक रुपेश थापाले भने,‘यो वर्षको सहयोग रकम हाम्री चेली शितल लामा जसको राहदानी अस्पतालले राखेको छ तिनको लागि खर्च गरिने छ।’

नेपालीहरूको महान् चाड दिपावलीको अवसरमा नेपालीहरूमा आपसी सद्भावलाई अर्थपूर्ण बनाउँदै, समतामूलक सहभागिता र शान्तिपूर्ण समाज निर्माणका खातिर समाजसेवाको निस्वार्थ र पवित्र कार्यका लागि अनुरोध गर्दै नेपाली समुदाय यूएईले लक्ष्मी पूजाको दिनदेखि यूएईका विभिन्न ठाउँमा घरदैलो देउसी–भैलो आयोजना गरेको थियो। लोप हुँदै गएको तिहारको मौलिकता, संस्कृति, परम्परा र रीतिरिवाजलाई प्रवासको भूमिबाट जगेर्ना गर्ने र सहयोगी हातहरू मानव कल्याणका निम्ति जुटाउने उद्धेश्यले ‘शितल लामा उपचार खर्च सहयोगार्थ, देउसी–भैलो’नारा लिएर तीन दिनसम्म देउसी भैलो खेलिएको थियो।

कार्यक्रम नेपाली दूतावास यूएईका कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनको आवास–गृहदेखि यूएईका विभिन्न नेपाली व्यवसायी र समाजसेवीको घरमा गरिएको थियो। नाचगान र देउसी–भैलो खेल्दै प्रवासको भूमिमा पनि नेपाली जीवनको झल्को दिइरहेका थिए। रोजगारीको सिलसिलामा काभ्रे जिल्ला स्थायी घर भई विगत ७ महिनाअघि भिजिट भिसामा आई दुबईको रिटेल अलसाया कम्पनीमा काम गरिरहेकी २१ वर्षीया शितल लामालाई ७।६ महिनाको प्रि–म्याचुर बच्चाको उपचारको लागि २ लाख १० हजार दिराम ९नेपाली ६० लाख भन्दा धेरै०को बिलमा पहिलो किस्ता ४० हजार जम्मा गरिसकिएको छ। बाँकी १लाख ७० हजार बिरामी लामाको आफन्तको राहदानी र खाली चेक अस्पतालले धरौटी राखिदिएको हुनाले उक्त खर्च सहयोगार्थ देउसी–भैलो कार्यक्रमको आयोजना गरिएको समुदायले जनाएको छ।

समुदायको देउसी–भैलो कार्यक्रम आयोजक समितिका संयोजक रुपेश थापाले भैलोबाट संकलन भएको यूएई दिराम ४०१३ ९एक लाख चौध हजार रुपैयाँ० शितल लामाको उपचार गराइएको दुबईस्थित झूलेखा अस्पताललाई हस्तान्तरण गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *