साताको तस्वीर : ढोरको बुकी !

बागलुङ जिल्लाको सुदर पश्चिममा रहेको ढोरपाटन नगरपालिका साबिक बोवाङ गाविसको ढोरपाटन उपत्यकामा बसोवास गर्ने स्थानीवासीहरुको बस्तुभाउ भैँसी गोरु, गाई भेँडा बाख्राहरुको चरिचरणका लागि पोसिलो ठाउँ भनेको बुकी हो । बुकीमा प्राय: जसो स्थानीयहरुले बस्तुभाउ, भेँडा बाख्राका लागि गोठ बनाएका हुन्छन् । बस्तुभाउको हेरचाहका लागि उनिहरुले निमेक दिएर हेरालु राख्ने गर्छन् ।

बुकी एक प्रकारको पोसिलो घाँस हो । यहि घाँस पलाउने (हुने) स्थानलाई बुकी भनिन्छ । सामान्यत बुकी जानलाई तल बेसीबाट २ घण्टा भन्दा बढी समय लाग्छ ।

ढोरपाटन उपत्यका देखी माथी मसिनधारा, चिसापानी, स्याचुङ, मर्चुला, दखर्क आदि नाम गरेका बुकीहरु छन् । यहाँ बस्तुभाउलाई चरीचरणका लागि छोडिएको हुन्छ । घरमा पालेका भैँसी गाई गोरु आदिका लागि पोसिलो घाँस बुकी लिन स्थानीय युवा युवतीहरु डेढ दुई घण्टा उकालो उक्लेर माथी बुकी पुग्ने गर्छन् । उनिहरुले बोकेर ल्याएको बुकीको घाँसको अजङको भारी देख्दा अचम्मै लाग्छ । ‘यति ठुलो बुकी घाँसको भारी बोकेर ल्याउँदा सास्ती हुँदैन ?’भनेर प्रश्न ग-यो भने उनिहरुको जवाफ झन अचम्मको हुन्छ, ‘यो त के हो र, अझ कति ठुलो घास (बुकी)को भारी बोकेर ल्याईन्छ ।’

तस्वीर सौजन्य: अस्मिता कायत, ढोरपाटन ।
२०७४ कात्तिक १० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *