अहिले विहान बुर्तिवाङमा घर्तीको चियापान ! भोलि दिउसो खर्वाङमा वाम गठबन्धनको कार्यकर्ता भेला !

सुमन सुनार बुर्तिवाङ २०७४ कात्तिक १० । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा तालमेल गरेको निर्वाचनमा होमिएका तीन बामपन्थी दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार–प्रसार अभियानको शुरुवात गरेका छन् ।

बागलुङका २ वटा संघ र ४ वटै प्रदेशमा निर्वाचन जित्ने लक्ष्यका साथ चुनावी तालमेल गरेका बामपन्थीहरुले ३ वटै पार्टीबाट ३÷३ जना रहेको उच्च स्तरीय जिल्ला निर्वाचन परिचालन समिति, २ वटै संघमा एक एक वटा प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटि र ४ वटै प्रदेशसभामा एक/एक वटा निर्वाचन परिचालन कमिटि गठन गरेर निर्वाचनलाई तिब्रता दिएको श्रोतले बतायो ।

यसैबीच बागलुङको निर्वाचन क्षेत्र नं. २ मा भोलि बडीगाड गाउँपालिकाको खर्वाङमा प्रतिनिधि सभा सदस्यका उमेदवार देवेन्द्र पौडेल तथा क्षेत्र नं. २ अन्तरगत गलकोट, तारा बडीगाड कलस्टरमा पर्ने १ नं. प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढा सागर तथा ढोरपाटन, निसीखोला तमानखोला कलस्टर २ नं. प्रदेश सभा सदस्य टेकबहादुर घर्ती सहित ३ बाम पार्टीहरुका कार्यकर्ता भेलाको आयोजना गरिएको माओवादी केन्द्रका राजिव घिमिरेले बताए ।

आज विहानै बाम गठबन्धनका तर्फबाट ढोरपाटन तमान निसीखोला कलस्टरबाट प्रदेश सभा उमेदवार टेकबहादुर घर्तीको आह्वानमा संयुक्त ३ बामपार्टीका नेता कार्यकर्ताबीच चियापन तथा प्रचारप्रसारको तयारी बैठक बुर्तिबाङमा आयोजना गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *