जापान नेपाली एकता समाजव्दारा जयलाल बि क को परिवारलाई सहयोग रकम हस्तान्तरण

मेघराज रिष्मेली, जापान, २०७४ कात्तिक ९ । जापान नेपाली एकता समाज केन्द्रीय समिति जापानद्धारा गए बर्षादमा पहिरोले पुरिएका बागलुङ जिल्ला गल्कोट नगरपालिका- ९ का जयलाल बिकको परिवारलाई नेपालबाट रोजगारको शिलशिलामा जापान आएका नेपाली दाजुभाइहरूबाट संकलित नेपाली रू एक लाख रूपैया हस्तान्तरण गरिएको छ ।

समाजका बरिष्ठ उपाध्यक्ष भिम के सी राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका संयोजक टँक के सी , राष्ट्रिय जनमोर्चा वार्ड ९का अध्यक्ष रूमाकान्त गौतम गल्कोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल र राष्ट्रिय जनमोर्चाका सदस्य नारायण सापकोटा प्रेम बिक बिष्णु गौतम नयाँ शक्ति नेपाल कान्साइका सदस्य जीवन सापकोटा भिमको उपस्थितिमा गल्कोट नगरपालिका वार्ड न ९ बडगाउ खालि मा मृतक जयलाल बि क को छोरा र मृतक बिबेक बि क को बुबा राम बहादुर बि कलाई एक कार्यक्रम बिच सहयोग रकम हस्तान्तरण गरेको अखिल नेपाल युवक संघ गल्कोट नगरपालिका ९ का अध्यक्ष रेशम के सी ले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *