साताको तस्वीर : आज-भोलिको देउसी भैलो !

दशैँ पछिको ठूलो पर्व तिहार भर्खरै मात्र सकिएको छ । तिहार एक झिलीमिली उज्यालोको पर्व पनि हो । यस पर्व पत्येक घरघरमा दीपावली गरि मनाइयो । दीपावली गरि गाउँघर तथा शहरबजार उज्यालोमय बनाइयो । त्यति मात्र होइन तिहारको बेला देउसी भैलो पनि व्यापक मात्रामा खेलियो ।

विभिन्न ठाउँ तथा क्षेत्र, भुगोलमा बस्ने विभिन्न जाति तथा समुहहरुले देउसी भैलो खेली अँध्यारो रातलाई उज्यालो बनाइयो । देउसी भैलो कुनै समय दान माग्ने र दान प्राप्त गरि सके पछि आशिक दिइने गरिन्थ्यो ।

खासमा बलिराजालाई समस्या पर्दा नागरिक संग दान माग्न गएको र दान दिए पछि आशिक दिएको कथा वस्तुलाई उतारिएको विषयवस्तुबाट देउसुरे खेल्न लागिएको भन्ने भनाई प्रचलनमा छ । त्यसबाहेक अन्य केही तर्क पनि छन् । तर तर्कहरु जे जे भए पनि पछिल्लो समयको देउसी भैलो भने अत्यन्त फरक बन्दै गइरहेको छ । तिहारको बेलामा खेलिने देउसी भैलोका रुपहरु परिवर्तन भएका छन् ।

पछिल्लो समय देउसी भैलोको प्याटर्नमा यति परिवर्तन आयो की हिन्दी र अंग्रेजी गीतमा नृत्य गरेर देउसी भैलो खेल्न थालियो । केही वर्ष अघि सम्म त्यस्ता देउसी भैलोलाई नरुचाउने नेपाली समाज अहिले भने खुलेर सहयोग गरिरहेको पाइन्छ । देउसी भैलो संस्कार र संस्कृति संरक्षणको लागि भन्दा पनि नितान्त मनोरञ्जन एवं अर्थ संकलन पर्व बनिरहेको छ ।

यसै सन्दर्भमा बागलुङमा खेलिएका देउसी भैलोका केही झलकहरु ।

१) देउसी भैलोमा नाच्दै कलाकार

२) देउसीको अवसरमा थालिनाच प्रदर्शन गर्दै द डायनमिक डान्स ग्रुपका कलाकारहरु

३) हिन्दी गीतमा गु्रप नाच प्रदर्शन गर्दै दी साइनिङ डान्स ग्रुपका कलाकारहरु

४) सोरठी नाच्दै मगर सेवा समाज गुठीका कलाकारहरु

५/६) जनवादी गीतमा देउसी भैलो खेल्दै रक्तिम सांस्कृतिक अभियान जैदीका कलाकारहरु

७) लोक गीतमा देउसी भैलो खेल्दै लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरु

८) जनवादी गीतमा देउसी भैलो खेल्दै रक्तिमका कलाकारहरु

९) सालैजो गीतमा देउसी खेल्दै सयपत्री युवा क्लव जैदीका कलाकारहरु

प्रस्तुतिः विजय राना,
बागलुङ ।
२०७४ कात्तिक ९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *