कांग्रेसको प्रचार अभियान आज देखी : १ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन !

बागलुङ २०७४ कात्तिक ९ । आगामी मंसिर १० गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले बिहिवार आज देखी चुनावी प्रचार अभियान शुरु गर्ने भएको छ ।

अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन सम्वन्धित क्षत्रीय कमिटीहरुले बुधवार तयार गरेको चुनावी प्रचार अभियानको कार्यतालिका अनुसार औपचारिक रुपमा अभियान थाल्ने नेपाली कांग्रेसका जिल्ला सचिव तथा निर्वाचन परिचालन समितिका संयोजक नवराज पौडेलले ईबागलुङलाई बताए ।

कांग्रेसले निर्वाचनका लागि पौडेलको संयोजकत्वमा १ हजार १ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ भने सघं र प्रदेश स्तरिय, स्थानीय तह र वडा स्तरमा पनि परिचालन समिति गठन गर्ने तयारी रिहेको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *