४ जनाले नाम फिर्ता लिएपछी चुनावी मैदानमा २७ जना उमेदवार कायम !

बागलुङ २०७४ कात्तिक ९ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा बागलुङ जिल्लामा उमेदवारी दिने ३१ जना मध्य ४ जनाले नाम फिर्ता लिएपछी २७ जना चुनावी मैदानमा रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितका अनुसार बुधवार दधिराम शर्मा, धनबहादुर बिक हिमाल, गंगा थापा सागर र पूर्णबहादुर क्षेत्रीले उमेदवारी फिर्ता लिएका हुन् ।

बागलुङ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा राज्य मन्त्री चम्पादेबि खड्का, बाम गठबन्धनबाट नेकपा एमालेका डा सुर्य पाठक नयाँ शक्ति पार्टी नेपालका कृष्णप्रसाद शर्मा, संघिय समाजबादी फोरमका महेन्द्र बहादुर जिसी, राप्रपा राष्ट्रवादीका सुमनजङ्ग राजभण्डारी र नेकपा मालेका निरबहादुर क्षेत्री तथा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा बाम गठबन्धनबाट नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, संघिय समाजबादी फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रबादीका जयलाल सापकोटा, नयाँ शक्तिका युनिस मियाँ, प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका निर्बतमान सांसद प्रकाश पौडेल र बाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण थापा चुनावी दौडमा रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ को प्रतिनिधीसभामा बाम गठबन्धनबाट माओबादी केन्द्रका देबेन्द्र पौडेल, नेपाली कांग्रेसका नरबहादुर पुन र सङघिय समाजबादी फोरमका यामबहादुर घर्ती तथा क्षेत्र नम्बर २ को प्रदेश सभामा (क) मा बाम गठबन्धनबाट माओबादी केन्द्रका चन्द्र बहादुर बुढा ‘सागर’, नेपाली काँग्रेसका मञ्जेशबम मल्ल, संघिय समाजबादी फोरमका बिरबहादुर दर्जी, प्रदेश सभा (ख) मा बाम गठबन्धनका राष्ट्रिय जनमोर्चाका टेक बहादुर घर्ती नेपाली काँग्रेसका जित शेरचन र संघिय समाजबादी फोरमका यमकुमार पुन चुनावी मैदानमा रहेका छन् ।

यसैवीच म्याग्दी जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी दिएका १९ जना मध्ये ६ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिनेहरुमा नेपाली काँग्रेसका नेत्रबहादुर महत, कर्णबहादुर भण्डारी, राप्रपा प्रजातान्त्रिकको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वारी दर्ता गरेका रुपनारायण श्रेष्ठ, प्रदेश क्षेत्रनम्बर १ का उम्मेद्वार बलबहादुर सुनार र प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार तिलाराम दमाई र केदारप्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *