समाजसेवी आचार्यव्दारा धौलागिरी बहुमुखी क्याम्पसमा १ लाखको अक्षय कोष स्थापना

बागलुङ २०७४ कात्तिक ९ । पर्वत सेवा समाज यूके (Parbat Welfare Society,UK)का अध्यक्ष दधि आचार्यले धौलागिरी अन्चलका विविध सामाजिक क्षेत्रहरुमा आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

समाजसेवी आचार्यले बुधवार धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।

धौलागिरी (तत्कालीन महेन्द्र) बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी एवं तत्कालीन स्ववियुका सदस्य समेत रहेका समाजसेवी आचार्यले सोही कार्यक्रममा विज्ञान संकायमा स्नातक तहमा अध्ययनरत ८ जना विद्यार्थीहरुका लागि रु १ लाख १ हजार राशीको धर्मनाथ विज्ञान कोषको स्थापना गर्ने उद्घोष समेत गरे ।

पर्वत धाईरिङ घर भै हाल बेलायतमा व्यवसाय गर्दै आएका समाजसेवी आचार्यले शिक्षा एवं धार्मिक क्षेत्रहरुमा उल्लेख्य सहयोग गर्दै आएका छन् । पछिल्लो समय समाजसेवी आचार्य, पर्वत कुस्मा स्थित शिवालय उच्च माविमा अध्ययनरत अपांगता भएका दृष्टिविहीन विद्यार्थीको सहयोगका लागि लण्डनमा अर्थ संकलन अभियानमा क्रियाशील रहेका छन् ।

भेटघाट कार्यक्रममा नेविसंघका केन्द्रिय सह महामन्त्री हरिहर शर्मा, नेबिसंघ बागलुङका अध्यक्ष खड्ग थापा, तरुण दलका अध्यक्ष उमाकान्त शर्मा लगायतले समाजसेवी आचार्यले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गरेका थिए ।

भेटघाट कार्यक्रमको अध्यक्षता स्ववियुका उपसभापति बालकृष्ण शर्माले गरेका थिए ।

तस्वीर- नारायण रिजाल, बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *