सनराईज युवा क्लबको वार्षिकोत्सवको उद्घाटन गर्दै नेपालीले बाम घटकलाई भोट मागे

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक ८ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले राष्ट्रको विकासका लागी बाम गठबन्धन नै उपयुक्त भएको बताएका छन् । निसीखोला गाँउपालिका–२ जुग्जाखोलामा रहेको सनराईज युवा क्लवले आफ्नो नवांै बार्षिकोत्सव तथा शुभ दिपावलीको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नेपालीले स्थानिय सरकारका लागी बाम पार्टिी र लोकतान्त्रिक पार्टी गठबन्धन गर्दै निर्वाचनमा होमिन लागेको भन्दै राष्ट्रको विकासका लागी बाम गठबन्धन नै उपयुक्त भएको बताए । उनले बाम गठबन्धनबाट संघिय निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका देवेन्द्र पौडेल र प्रदेशमा उम्मेदवार बनेका टेक बहादुर घर्ति मगरलाई मतदान गर्न आग्रह समेत गरे ।

साथै नेपालीले युवाहरु क्लव मार्फत सामाजिक गतिविधिमा सक्रिय हुन आवश्यक रहेको बताउदै निसीभुजी क्षेत्र भौगोलीक रुपमा पिछडिएको हुदा यसको विकासमा सबै मिलेर जानु पर्ने नेपालीले स्पष्ट पारे ।

कार्यक्रममा निसीभुजि जनता क्याम्पस बुर्तिबाङका उपाध्यक्ष तुल्सीराम अर्याल, सामाजिक ब्यक्तित्व टंक पौडेल र भबेन्द्र पुनले पनि मन्तव्य दिएका थिए ।

यस्तै उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. २ का अध्यक्ष युवराज महत, सामाजिक ब्यक्तित्व यम बहादुर कुँवर, धन बहादुर कुँवर, तारा बस्नेत लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिविहरु विशेष उपस्थीती रहेको थियो ।

क्लवले आफ्नो बार्षिकत्सव तथा दीपावीलीको अवसरमा अयोजना गरेका विविध प्रतियोगितात्मक कार्यक्रमहरु सोमबार देखि नै सञ्चालन गरिए पनि कार्यक्रमको औपचारिक उद्घाटन भने आज गरिएको हो ।

क्लवका अध्यक्ष अनिल कुँवरको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा निसीखोला गाँउपालिका वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *