त्यस्ता दिन पनि थिए…

जयन्ती, मंगला, काली तीन नदीको संगम स्थल म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको भू-वनावट हेर्दा वर्षातको समयमा नदीहरुमा आउने बाढीले क्षेती पुराउन सक्ने ‘जलत्रास’ यद्यपि कायमै छ ।

धौलाश्री साप्ताहिक पत्रिकाले ४६ वर्ष पहिले २०२८ साल साउन २२ गते शनिवारको अंकमा ‘बेनी बजार कालीमा चुर्लुम्म’ शिर्षकमा समाचार प्रकाशित ग-यो । पत्रिका विहानै प्रकाशित भएको थियो, केहिबेरमै पाठकहरु हस्याङ् फस्याङ् गर्दै धौलाश्री कार्यालयमा आएर, ‘बेनी बजार त कालीले बगाए छ, हैन ?’ भन्दै प्रश्न सोध्नु भयो । अर्का पाठकले समाचारको केहि अंश पढनुपनि भएको रहेछ, ‘पीडिओलाई बगाएछ, सीडीओ भूपेन्द्र डाक्टरकहाँ उपचार गर्दैछन् रे … अरु के के भयो …? तपाईलाई त थाहा होला नि भन्नुस्त…’ भन्दै जिज्ञासा युक्त प्रश्न सोध्न थाल्नु भयो ।

मध्य वर्षातको समय थियो, काली उर्लेको थियो, थुप्रै मानिसहरु काली किनारमा दाउरा छोप्न गएको बेला थियो । समाचारको शिर्षक पढ्दा अविश्वसनीय पनि थिएन ।

‘राम्रो संग समाचार नै पढ्न भ्याउनु भएको रहेनछ, एक पटक समाचार पढ्नुस्त अनि सबै थाहा भैहाल्छ…’ भनेर भनेपछी उहाँहरु मध्य एक जनाले पढेर सुनाउन लाग्नु भयो । दुई हरफ पढेपछी उहाँले भन्नु भयो, ह्या, यो त गाईजात्रे अंक पो रहेछ …..।

अनि हाँसी हाँसी सबै फर्कनु भयो ।

समाचारको बेनी बजार कालीमा चुर्लुम्म शिर्षक मात्र पढेर आउनुहुने पाठकहरु नै बढी हुनुहुँदो रहेछ ।

२०७४ कात्तिक ७ ।
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *