मुसिकोट धारापानीका कृष्ण बहादुर कार्की ३ महिना देखी बेपत्ता

अनिश गैरे, वामी टक्सार २०७४ कात्तिक ६ । गुल्मीको मुसिकोट नगरपालिका ४ धारापानी बस्दै आएका ४४ बर्षीय कृष्ण बहादुर कार्की तीन महिनादेखी हराइरहेका छन । उनी गत साउन २५ गते मुसिकोट ४ दाहाचौर स्थित दिदीको घरबाट निस्केको तर अहिले सम्म सम्पर्कमा नआएको पारिवारिक श्रोतले बताएको छ ।

दाजु मोहन कार्कीका अनुसार उनी दिदीको घरबाट निस्केपछि भारत गएको भनी ढुक्क भइ बसेका थिए । तर भारतका बिभिन्न क्षेत्रमा रहेका आफ्ना आफन्तहरुलाइ सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नआएपछि बल्ल खोजी कार्य सुरु गरिएको छ । उनले एउटा टिसर्ट र हाफ पाइन्ट मात्र लगाएको बताइएको छ ।

अहिले सम्म पनि सम्पर्कमा नआएपछि परिवारले प्रहरीमा पनि खोजीदिन आग्रह गरेका छन । उनका दाजु मोहनका छोरा सुदन कार्कीले उनी ज्युदो या मृत जे भएपनि सत्य खबर पाउन सकेमा आफुहरु ढुक्क हुने बताए । उनले कसैले कतै देखेको भए जानकारी दिन आग्रह गरे । जानकारी दिने ब्यक्तिलाइ पुरस्कार पनि दिइने भएको छ ।

चरित्रहीन प्रतिनिधि र दर्शन विनाको राजनीति

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *