नेपाल कुवेत साँस्कृतिक मञ्चव्दारा निसीखोलाका पहिरो पीडितहरुलाई राहत वितरण

राम सुवेदी, बुर्तिबाङ २०७४ कात्तिक ६ । नेपालबाट रोजगारीका शिलशिलामा कुवेत पुगेका नेपालीहरुले गठन गरेको नेपाल कुवेत साँस्कृतिक मञ्चव्दारा निसीखोलाका पहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले, तीज पर्वका अवसरमा कुवेतमा साँस्कृतिक कार्यक्रम गरि संकलन गरिएको राहत रकम यहाँका पहिरो पीडितहरुलाई वितरण गरिएको हो । मञ्चका संरक्षक माधव शर्माले उक्त राहत रकम पीडितलाई हस्तान्तरण गरेका छन् ।

निसीखोला गाउँपालिका वडा नं. १ बस्ने मनिमान छन्त्यालका सहित ४ जनाको परिवार र सोही वडाका खगीसरा सिंजालीको गत साउन २० गते पहिरोमा पुरिएर ज्यान गएको थियो । ज्यान गुमाउने परिवारका सदस्यहरुलाई मञ्चका संरक्षक शर्माले वडा अध्यक्ष ईन्द्रबहादुर मल्लाको रोहवरमा राहत रकम हस्तान्तरण गरेका हुन् । शर्माले ४ जनाको परिवार मृत्यु भएका मनिमान छन्त्यालकी छोरीलाई १६ हजार तथा मृतक खगीसरा सिंजालीका छोरालाई ४ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राहत वितरण कार्यक्रममा उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका सदस्य कृष्ण केसी ज्ञान प्रसाद कँडेल, निसीभुजी जनता क्याम्पसका उपप्रध्यापक उत्तमबहादुर महत लगायत स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

राहत वितरण गर्दै मञ्चका संरक्षक शर्माले, अरबको खाडीमा दुखले संकलन भएको रकमलाई सही प्रयोजन गर्न आग्रह गरेका थिए । राहत रकम बुझ्दै पीडित परिवारका सदस्यहरुले सहयोगीहरुको सहयोगले आफूहरुलाई जीवन जिउने सहारा भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *