प्रवास: गल्कोट समाज अस्ट्रेलियाको आयोजनामा सिडनीमा एक दिवसीय भलिबल प्रतियोगिता

सिड्नी, २०७४ कात्तिक ६ । दशै तिहार २०१७को उपालक्ष्य पारेर अक्टोवर २९ तारिखको दिन को NEVS(Nextterm Education and Visa Services) को मुख्य प्रयोजन र गल्कोट समाज अष्ट्रेलियाको आयोजनामा एक दिवसीय भलिबल प्रतियोगिता हुने भएको छ।

तीन बर्ष अगाडी स्थापना भएको गल्कोट समाजले पहिलो पटक यो खेल आयोजना गर्न लागेको छ। बागलुङ जिल्लामा गल्कोट भलिबल खेलमा निकै अगाडी रहेको छ । गल्कोटमा लोकप्रिय भलिबल सिड्नीमा झनै लोकप्रिय बनाउने सस्थाको बिशेष तयारी रहेको आयोजकको भनाई छ । उक्त प्रतियोगिता सिड्नीको म्यारिक्भिल स्थित PCYC CLUB मा सम्पन्न हुनेछ।

सो प्रतोयोगितामा करिब दश टिम सहभागी हुने अनुमान छ, साथै प्रथम व्दितीय हुने टिमलाई पुरस्कार स्वरूप नगद, प्रमाण पत्र, मेडल, टर्फी , का साथै खसी प्रदान गरिने छ । सिड्नीको व्यस्त दैनिकीबाट समय छुट्टाएर सम्पूर्ण सिड्नीवासी गल्कोटे र अन्य नेपालीहरु बीच आपसी भाईचारा अभिवृद्धि र मनोरन्जन गर्ने हेतुको साथ उक्त भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक समाजका कृष्ण सुनार र दिपक अधिकारीले बताएका छन्। एक दिबसीय खुला भलिबल प्रतियोगिता भएकोले खेल बिहानै देखी साँझ सम्म संचालन हुने जानकारी दिईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *