बागलुङमा मनोनयन दर्ता शान्तिपूर्ण : २ नं क्षेत्रको प्रदेश ख मा एमालेका शर्मा बागी निस्किए !

किरण आचार्य, बागलुङ २०७४ कात्तिक ५ । मंसीर १० गते हुने पहिलो चरणको प्रतिनिधी र प्रदेश सभा सदस्यको लागि निर्वाचन अधिकृतको कार्यालय बागलुङ विभिन्न राजनैतिक दलहरुका तर्फ र स्वतन्त्र रुपमा उमेदवारी मनोनयन दर्ता कार्य सम्पन्न भएको छ ।

मनोनयन दर्ताका लागि वामपन्थी गठवन्धन एमाले माओवादी र जनमोर्चाको टोली जुलुस सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएको थियो भने त्यस्को केहि समय पछी नेपाली काँग्रेसको टोली बाजा र जुलुस सहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसबाट क्षेत्र १ र २ को प्रतिनिधी सभा सदस्यमा क्रमश राज्यमन्त्री चम्पादेवी खड्का र पूर्व सांसद नरबहादुर पुन निरजले उमेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा तर्फ क्षेत्र नं १ को दुई प्रदेश सभा सदस्यका लागि पार्टी जिल्ला सभापति दिपेन्द्र थापा र निवर्तमान सांसद प्रकाश शर्मा पौडेल तथा क्षेत्र नं २ को प्रदेश सभा सदस्यमा क र खमा क्रमश मन्जेशवम मल्ल र जीत शेरचनले मनोनयन दर्ता गराएका छन् ।

उता बाम तालमेलबाट क्षेत्र नं १ मा एमालेका डा सूर्य पाठक र क्षेत्र नं २ मा माओवादी नेता देबेन्द्र पौडेलले उमेदवारी दर्ता गराए । यसैगरी क्षेत्र नं १ को प्रदेश सभा सदस्यमा क र ख मा क्रमश एमालेका पार्टी सभापति ईन्द्रलाल सापकोटा र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले मनोनयन दर्ता गराएका छन् । यसैगरी क्षेत्र नं २ को क र ख प्रदेश सभामा क्रमश माओवादका चन्द्रबहादुर बुढा सागर र राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले उमेदवारी दिएका छन् ।

यसका अतिरिक्त क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा संघिय समाजबादी फोरमका महेन्द्र जिसी, राप्रपापा राष्ट्रबादीका सुमनजंङ राजभण्डारी, मालेका निरबहादुर क्षेत्री, नयाँ शक्तिको कृष्णप्रसाद शर्मा, स्वतन्त्र उमेदवार धनबहादुर बिक, देशभक्त जनतान्त्रिक पार्टीका निलबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन ।

क्षेत्र नम्बर १ को प्रदेश सभा (क) बाट सङ्घीय समाजबादी फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रबादीका जयलाल सापकोटा, नयाँ शक्तिका कृष्ण् शर्म प्रदेश (ख)बाट सङघिय समाजबादी फोरमका रमादेवी शर्मा, नयाँ शक्तिका युनिसा मियाले उमेदवारी दर्ता गराएका छन ।

बागलुङको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा सङघिय समाजबादी फोरमका यम बहादुर घर्ती मगर, स्वतन्त्र उमेदवार गंगा थापा, कृष्ण बहादुर पौडेल क्षेत्रीले उमेदवारी दिएका छन् । क्षेत्र नम्बर २ को प्रदेश सभा (क) सङघीय समाजबादीका वीर बहादुर दर्जि, प्रदेश (ख) बाटसङघिय समाजबादी फोरम नेपालबाट यम कुमार पुन, नयाँ शक्तिको टेकबहादुर कुँवरले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।

क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट नेकपा एमालेका दधिराम शर्माले बागी उमेदवारी दिएका छन् । बामपन्थीहरुको तर्फबाट बागलुङ क्षेत्र नं. १ र २ प्रतिनिधिसभा र क्षेत्र नं. २ ख प्रदेशसभामा बागी उमेदवारी पनि परेको छ ।

एमालेले क्षेत्र नं २ बाट सर्वसम्मतरुपमा सिफारिस गरिपठाएका दधिराम शर्मालाई पार्टीले टिकट नदिएर वाम तालमेलको नाममा माओवादीका पौडेल र प्रदेशसभा क को सदस्यमा माओवादीकै सागर र ख मा जनमोर्चाका घर्तीलाई उमेदवार बनाएर २ नं क्षेत्रमै एमालेलाई शुन्य बनाएपछी आक्रोशित एमाले कार्यकर्ताहरुले शनिवार साँझ नै बैठक वसी निर्णय नसच्याए स्वतन्त्र उमेदवारी दिने निर्णय गरे अनुसार शर्माले आज स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराएको एमाले निकट श्रोतले बतायो ।

मनोनयन दर्ता भएका उम्मेदवारको नामावली



फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *