डम्मर का तीन मुक्तक

आज भोलि तिमीलाई नै हेरु हेरु लाग्छ
जिन्दगी भर अंगालो मै बेरु बेरु लाग्छ ।
तिमीले सधै हुन्न भनी सताउ छेउ
र त मलाई जुनी फेरु फेरु लाग्छ ।।
+++
जो आज मबाट टाढा हुँदैछ
उसैको याद मनमा गाढा हुँदैछ ।
सुन्दर फुल सम्झि सिउरीन खोज्या थेँ
बस आज त्यही फुल काँढा हुँदैछ ।।
+++
तिमीसँगै मलाई पनि हास्न मन लाग्छ सधै भरी
मित्रता पनि गास्न मन लाग्छ् सधै भरी ।
वर्तमानमा रमाएर भोलिको दिन सम्झी
अतित जति मास्न मन लाग्छ सधै भरी ।।

डम्मर बुढा मगर, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *