प्रवास : रक्तिम साँस्कृतिक अभियानव्दारा कतारमा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

उद्धव मगर, दोहा कतार २०७४ कात्तिक ५ । कतार नेपाली एकता समाज अन्र्तगत रक्तिम अभियानले गत शुक्रवार देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तिम विभागका सल्लाहाकार गिरी काउछाको अध्यक्षता र संचालक खगेश्वर भूषाल र यस कार्यक्रमलाई सफल पार्न आउने सम्पूर्णलाई रक्तिम विभागका सचिव रण बहादुर वि.सि को स्वागत मन्तव्य पश्चात कार्यक्रम अनवरतरुपमा अगाडी बढेको थियो ।

यस कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको रहेको थियो भने अतिथीहरु अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा, पुर्व उपाध्यक्ष दावा लामा, सचिवालय सदस्य हेमन्त वाईवा, कोषाध्यक्ष धन बहादुर परियार, केन्द्रिय महासचिव खिम बुढा, सचिव विष्णु थापा, केन्द्रिय सदस्य सुर्य सुवेदी, बुद्धिजीवी विभाग मिनराज पुन, महिला विभाग अमिना खान, हाँक साप्ताहिक पत्रकार उद्धव मगर, पत्रकार रामप्रसाद पराजुली तथा कतार नेपाली एकता समाज मातहत रहेको सम्पूर्ण एरिया ईकाइका सदस्यहरु उपस्थित रहेको थियो ।

कार्यक्रमको निमन्त्रणालई स्वीकारर्दै विभिन्न संघ संस्था लगायत समाजसेवी व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको र संस्थाबाट निमन्त्रणा स्वीकार्दै आएका प्रवासी नेपाली मञ्चका महासचिव मुनाफ मियाँ, व्यवसायी तथा गैरआवसीय नेपाली संघका उत्तम गुरुङ्ग, नेपाल पत्रकार महासंघ (शाखा) कतारका गणेश प्रसाद बन्जाडे, प्यूठान सेवा समाजका मान बहादुर के.सी, स्याङजा सहयोग समाजका अजमत अली, पर्वत युवा सेवा समाजका हरि प्रसाद शर्मा, वाग्लुङ्ग सेवा समाजका का.वा. सचिव तेजनारायाण शर्मा, दाङदेउखुरी सेवा समाजका लिलाधार आचार्य, सुदूर पश्चिम सेवा समाजका टेक बहादुर बोहोरा, नेपाली मुस्लिम समाज गुफर अहमद, दलित एकता समाज यम रसाईली, नेपाली मगर संघ कतार शाखाका अभिमन पुन, विश्वकर्मा समाजका गम बहादुर विश्वकर्मा, काभ्रे सेवा समाजर्का नन्द ढुङ्गाना, जनसम्पर्क समितिका महमद अजीज अली, साथै समाज सेवी करिम बक्स मियाँ, रेशम बहादुर बस्नेत, वेदराज अधिकारी, लिला बहादुर जि.सी, सगरमाथा म.म. सेन्टर बरुणदेव श्रेष्ठ, समाजसेवी भलाकाजी राई, अतिथी भोलानाथ पराजुली, रहेका थिए ।

देउसी भैलीको बारेमा सचिवालय सदस्य हेमन्त वाईवाले प्रकाश पार्दै हामीले मनाउने संस्कृति त एउटै छ, मनाउने विधि पनि एउटै हो तर गन्तव्य वेग्लै भएको बताए । उनले कुनै व्यक्ति पश्चिमको यात्रा गदै्र्रछन भने हामी हाम्रो समाज कतार नेपाली एकता समाज पूर्वको यात्रा तय गदै गरेको अवस्थामा यही फरक भएको वताए ।

अन्तमा यस सभाका अध्यक्ष गिरी काउछाले सम्पूर्णलाई शुभकामना दिदै कार्यक्रम औपचारिकरुपमा समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *