गुल्मीमा हराउँदै देउसी भैलो, बढ्दै जुवा–तास !

प्रेम सुनार, गुल्मी २०७४ कात्तिक ५ । लक्ष्मी पूजाको साँझ देखि चार पाँच दिन सम्म चोक चोकमा देखिने देउँसी भैलो गुल्मीको सदरमुकाम तम्घासमा भाई टीकाको दिनमा समेत सुनसान थियो । स–साना भाई वहिनीहरुले निकालेको देउँसी भैलो वाहेक पाका मानिसहरको मौलिक देउँसी भैलो देख्न पाईएन ।

तम्घास बुढीचौर, छापटोला र खानीगाउँका पाका पुरुषहरुले निकालेको देउँसी भैलोमा समेत मौलिकतामा मिश्रित थियो । भैलो भट्याई र सोरेठीको विच विचमा आधुनिक झ्याउरे गतिमा भाई वहिनीहरुलाई नचाईएको थियो ।

किशोर अवस्थाका भाई वहिनीहरुले निकालेको देउँसीमा एल्वममा निकालिएका सोरेठी गीतको साहारा लिईएको थियो । विगतका तिहारमा जस्तो यसपाली सदरमुकाम तम्घासमा मानिसहरुको चहल पहल कम देखियो । वजार सुनसान थियो । देउसी भैलोको संख्या कम भए पछि देउँसी भैलो प्रेमीहरु एक देखि अर्को टोलबाट आएर हेरिरहेका थिए । शहर वजारमा देँउसी भैलोको सट्टा पुरुष र उनिहरको दाँजोमा जुवातास खेलेर तिहार मनाउने महिलाको संख्या पनि बढेको पाईयो । एउटै घरमा ५० लाख सम्मको जुवाको खाल भेटियो ।

कोही खेलाडी त कोही जुवाका रमिते हुँदा बजारमा मानिसहरुको चहल पहल शुन्य प्राय देखिन्थ्यो । तर विभिन्न गाउँमा भने देउँसी भैलो चलेको बताईएको छ । गाउँमा पनि विगतको तुलनामा देउसी भैले कम र जुवा तास बढि चलेको सहकर्मीहरुले बताएका छन् ।

तस्वीरः स–साना भाई वहिनीहरुले तम्घासमा निकालेको देउँसी भैलो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *