रोल्पा जलजला सेवा समाज दोहा कतारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चोम बिष्ट कतार २०७४ कात्तिक ५ । प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना,बडा दसै तथा शुभ दिपावलीको शुभकामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाजले २० अक्टोबर शुक्रबार कतार स्थित सनैया रोटना रेष्टुरेन्ट सभाहलमा कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष शिव बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अथिती समाजका सल्लाहकार संयोजक वसन्त थापा, विशेष अथितीमा समाजका सस्थापक सुर्य बहादुर बिक र चेतमान रहेको र अथितीहरुमा समाजका सल्लाहकारहरु छबि गुरुङ, गोपाल केसी, दिल नेपाली, रुद्रप्रसाद रोका त्यस्तै बराह क्षेत्र संरक्षण समिती बडाचौर रोल्पा कतार अध्यक्ष बालराम जैसी, राक प्रवासी सेवा समाज कतार यज्ञराज केसि,रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतार अध्यक्ष पुर्ण बहादुर बिष्ट, जनप्रगतिशील सेवा समाज सिर्प ७ रोल्पा कतार अध्यक्ष बोम बहादुर खड्का, दलित एकता संजाल बडाचौर ५ रोल्पा कतारका अध्यक्ष खगेन्द्र बिक, समाजसेवीहरुमा दिल साही, मिलन बिक,रामदास भुट्टेल,हिकमत अलि,हिमाल खड्का साथै कलाकारमा ललित रोका मगर,लोक गायिका कमला गुरुङ गायकमा अनिल जिसि,अज्ञात क्षेत्री लागाएत रहेका थिए ।

कार्यक्रम सभापति, प्रमुख अथिती, विशेष अथितीबाट ब्यानर अनावरण दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो। कार्यक्रममा राष्ट्र प्रती बलिदान दिने ज्ञात अज्ञात शहीदहरुप्रती एक मिनेट मोहनधारण गरिएको थियो । कार्यक्रम समाजका प्रथम उपाध्यक्ष चोम बिष्टले स्वागत गर्दै उपस्थित सबैलाई समाजलाई यहासम्म ल्याउन यहाहरुको सहयोग सद्भाव रहेको बताउदै धन्यवाद दिएका थिए ।

कार्यक्रममा बलराम जैसी, पुर्ण बहादुर बिष्ट, बम बहादुर खड्का, खगेन्द्र बिक, यज्ञराज केसी, हिकमत ओलीले समाजले सबैलाई एकतामा समेटेको र एकता हुनु आवस्यक रहेको संदेश दिएका थिए भने छवि गुरुङ, गोपाल केसी, सुर्य बिक चेतमान रोकाले समाजले हरेक वर्ष हिन्दु धर्मावलम्बीहरुको महान चाड दसै तिहार पर्वको अवसरमा रोल्पा परिवार भित्र मानाउदै आएको र यसपटकपनि प्रवासमा रहेर पहिल्यैको भन्दा फरक रूपमा एकताको संदेश मुलक कार्यक्रम रहेको साथै समाजले गरेका गतिविधि बारेमा प्रकाश पारेका थिए।

त्यस्तै कार्यक्रमको बीचमा परदेशमा रहेपनी स्वदेशमै रहेको अनुभुती दिने खालका मनोरञ्जनात्मक प्रस्तुति संगै हामी हाम्रो धर्म सस्कृती र परम्परालाई बचाइ राख्न र विशेषत देउसी भैलो मारुनी नाच नृत्य रमाइला रमाइला प्रस्तुति समेत रहेको थियो।

प्रस्तुतिमा मत सुपर स्टार गीत उदितस्व बुढाले गाएका थिए त्यस्तै तुलसी आगनमा रोपौला बोलको गीत यज्ञराज केसी ,रातो घलेकीमा बोलको गीतमा अज्ञात क्षेत्री, कमला गुरुङको हावा चल्यो सरर साथै घम्साघम्सी दोहोरीमा कमला गुरुङ र अनिल जिसि, साहारा प्रजाको एकल दमदर नृत्य प्रस्तुति साथमा युनिका र साहाराको प्रजाको तामाङ सेलोमा नृत्य प्रस्तुति रहेको त्यस्तै दिपक कुवर,पुर्ण बिष्टले गजल मार्फत पनि आफ्नो जिल्ला अनि तिहार परिवेश समय सान्दर्भिक प्रस्तुत गरेका थिए।

कार्यक्रममा आफ्नै गाउँ परिवेश पुरानै सस्कृतिक झल्किने मारुनी नाछ नृत्य प्रस्तुत पुर्ण बिष्टको नेतृत्वमा रहेको थियो। देउसी भैलोमा अज्ञात क्षेत्रीले भट्याउदै सबैजना जम्मा भएर रमाइलो गरेका थिए।

मन्तव्यको कर्ममा प्रमुख अथिती बसन्त थापाले सबैलाई धन्यवाद दिदै कार्यक्रम परिवार भित्रको जमघट देख्दा हामी रोल्पालीमा एकताको भावना सहयोग सद्भाव उल्लेखनीय रहेको बताए भने अन्त्यमा सभापतिले कार्यक्रम सब्य एवं भब्य रूपमा सफल पार्न सहयोग गर्नु हुने कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरु साथै रोल्पाली प्रति माया गर्नु हुने समाजसेवी बुद्धिजीवी,शुभ चिन्तक कलाकारहरुको गरिमामय उपस्थितीको लागि हार्दिक धन्यवाद दिदै कार्यक्रम समाप्त गरेका थिए भने कार्यक्रम समाजका महासचिव देबराज पुनले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *