पार्टी अध्यक्ष थापालाई प्रतिनिधी सभामा उठाउने जनमोर्चाको सपना अधुरै

जिल्लाको दुबै क्षेत्रको ‘ख’ प्रदेशसभा सदस्य पाएपछी जनमोर्चा वाम तालमेल भित्रै !

बागलुङ २०७४ कात्तिक ५ । अन्तत: राष्ट्रिय जनमोर्चा बागलुङले बागलुङ जिल्लाको क्षेत्र नं १ र २ को दुबै ‘ख’ प्रदेश सभामा उमेदवार पाएपछी बाम तालमेलमा सहभागी बनेको छ ।

क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यमा पार्टीका जिल्ला अध्यक्ष अमर थापाको लागि नेपाली काँग्रेस र एमाले माओवादी संग अन्तिम सम्म रस्साकसी गरेको जनमोर्चाले अन्तत: दुबै क्षेत्रको ‘ख’ प्रदेशबाट उमेदवारी लिएर बाम गठबन्धनसंग हात मिलाएको हो ।

जनमोर्चाबाट क्षेत्र नं १ र २ को ख प्रदेशसभा सदस्यमा क्रमश कृष्ण थापा र टेक बहादुर घर्तीलाई उमेदवार बन्ने भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *