प्रवास : पर्वत सेवा समाजले दीपावली तथा छठ पर्वको उपलक्षमा भलिबल प्रतियोगिता सम्पन्न

उद्धव मगर दोहा कतार, २०७४ कात्तिक ४ । मिति २०१७÷१०÷२० का दिन पर्वत सेवा समाजले भलीवल प्रतीयोगिता सम्पन्न गरेको छ । सो खेल दुई दिन सम्म चलेको थियो ।

१४ टिम बाट सुरु भएको प्रतियोगितामा प्रतिष्पर्धा गर्दै पहिलो दोस्रो र तेस्रो दावेदार टीमले प्रमाण पत्र मेडल तथा नगद राशी हात पारेका थिए ।

प्रतियोगितामा पहिलो हुने टिम पर्वत (ए) नगद २५०० कतारी रियाल प्रमाणपत्र मेडल, दोस्रो विजेता पर्वत (बी) कतारी रियाल १५०० प्रमाणपत्र मेडल, तथा तेस्रो स्थान हासिल गर्ने टिम मगर संघले पनि कतारी रियाल १००० प्रमाणपत्र मेडल हात पार्न सफल भएका छन् ।

यस प्रतीयोगीता औपचारिकरुमा घोषणा सभाका अध्यक्षता चिन्तामणि पौडेल रहेका थिए भने प्रमुख अतिथी रमेश बहादुर क्षेत्री उपस्तिथ रहेको कार्यक्रमको सञ्चालन सन्तोष क्षेत्रीले गरेका थिए ।

विजेता सम्पूर्ण टिमहरुलाई टिका लगाई यस संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने र जोस जाँगर भएका युवाहरुलाई अरु आयाम थप्दै जाने भन्दै सम्पूर्ण सहभागी टिमहरुलाई शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *