निसीखोलामा तिहार विशेष कार्यक्रमको उद्घाटन

कुम्बिर बिश्वकर्मा,२०७४ कात्तिक ४ । निसीखोला गाउँपालिका वडा नम्बर-५ द्वारा आयोजित तिहार विशेष कार्यक्रमको आज उद्घाटन भएको छ। निसीखोला गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष हर्कमान घर्ती मगरको प्रमुख आथित्यता एबम् मेला समितिका अध्यक्ष बिरबल बिश्वकर्माको अध्यक्षतामा मार्यक्रमको उद्रघाटन भएको थियो ।

उक्त कार्यक्रममा दलित सन्जालका अध्यक्ष भुल बहादुर बिश्वकर्मा, निसीखोला गाउँपालिका कार्यपालिका सदस्य सुनिल बिस्वकर्मा, वडा अध्यक्ष हर्कमान घर्ती मगर लगायतको शुभकामना दिएका थिए।

आयोजित कार्यक्रम मध्य वडा स्तरीय पुरुष भलिबलमा वडा नम्बर -१ र वडा नम्बर-६ बिच भएको खेलमा वडा नम्बर-६ अघिल्लो चरनमा प्रबेश गरेको छ। पुरुष भलिबल खेलमा १० टिमले नाम दर्ता गराएका छन्।

आजको कार्यक्रममा स्थानीय कलाकार राजेश बिश्वकर्मा,लछुमण बि।सि। लगायत सिङ्गारु नाच र पन्छे बाजामा मायाली भाकामा साङ्गीतिक प्रस्तुति रहेको थियो भने बाकी महिला भलिबल, दोहोरी गित, आइडल डान्स, पुरुष छेलो ,घैटोफोर भोलि हुने आयोजकले बताएको छ।
आजको कार्यक्रममा क्लबका सचिव हिरा बहादुर बिस्वकर्माको स्वागत मन्तब्य र कुम्बिर बिस्वकर्माको सन्चालन रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *