पार्टीको साधारण सदस्यबाट राजिनामा दिएको २४ घण्टा नबित्दै कुँवरको नाटकको पटाक्षप !

बुर्तिवाङ २०७४ कात्तिक ४ । नेपाली काँग्रेसका बागलुङ क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष दोर्ण कुमार कुँवरको राजिनामाको नाटकको २४ घण्टा निबित्दै पटाक्षप भएको छ । आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले पुन जिम्मेवारीमा फर्कन भनेपछी आफु फर्किएको बताएर नाटकको पटाक्षेप गरेका हुन् ।

कुँवरले पार्टीले प्रतिनिधी सभा र प्रदेश सभा कुनैमा पनि उम्मेदबार नबनाएपछी आक्रोशमा आएर हिँजो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका थिए ।

राजिनामा दिँदा साथ उनले हिँजै आफनो फेसबुक मार्फत यसको जानकारी दिएका थिए । उनले आफु बागी उम्मेदवारी दिने समते बताएर कार्यकर्ताहरुलाई आफुलाई सहयोग गर्न अपील समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *