ब्रह्मकुमारी ओम शान्ति बागलुङमा सामुहिक भाईटीका ग्रहण कार्यक्रम सम्पन्न !

ब्रह्माकुमारी स्मृति, बागलुङ २०७४ कात्तिक ४ । नेपालीहरुको दोश्रो महान पर्व तिहार दाजुभाईले दिदी बहिनी र दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाई दिएर मनाई रहेका छन् । आज विहान ११ बजेर ५१ मिनेटको उत्तम साईतमा टीका ग्रहण कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

यसैवीच ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बागलुङमा गत वर्षहरुमा जस्तै यस वर्षपनि सामुहिक भाईटीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

दीपावली एवं भाईटीका पर्वले सम्पूर्ण मानव मात्रमा आपसी सद्भाव एवं भाईचाराको विकास होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदीको हातबाट २३ नं बाहिनी अड्डाका बाहिनीपति (जर्नेल) कृष्णमुरारी न्यौपाने, अर्जुनवाण गणका सेनानी (मेजर) रुपक थापा, समाजका विभिन्न वर्गका व्यक्ति लगायत संस्थाका नियमित विद्यार्थीहरुले सामूहिक टीका ग्रहण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *