आज भाईटीकाको उत्तम साईत विहान ११ बजेर ५१ मिनेटमा !

बागलुङ २०७४ कात्तिक ४ । आज कात्तिक ४ गते नेपालीहरुले दिदी बहिनीहरुले दाजुभाई र दाजुभाईहरुले दिदीबहिनीलाई टीका लगाई दिएर मनाउदै छन् ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आजको भाई टीकाको उत्तम साईत विहान ११ बजेर ५१ मिनेट जाँदा रहेका छ ।
अध्यक्ष प्राडा गौतमले भाईटीका शनिवार परेको हुनाले विहान ८ बजेसम्म टीका लगाउन नहुने बताउदै भाइटीका लगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्यान्हको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिने बताएका छन् ।

आज पश्चिममा चन्द्रमा भएकाले लगार्इमाग्र्ने पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगार्इदिने भन्दा लगार्इमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको प्राडा गौतमले बताए ।

शास्त्रीय मान्यताअनुसार भाइटीका लगाउनु अघि केही विधि पनि पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।
थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिइसकेपछि घरको मूल ढोकामा ओखर फोड्ने चलन छ । यसो गर्दा सबै बाधा अड्चन हट्ने धार्मिक विश्वास छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *