काँग्रेस भित्र चुलियो असन्तुष्टी : क्षेत्रिय अध्यक्ष दोर्ण कुँवरले साधारण सदस्यबाटै दिए राजिनामा !

प्रतिनिधी सभा सदस्यमा पुन, प्रदेश सभा क र खमा क्रमश मल्ल र शेरचन उमेदवार !

बुर्तिवाङ २०७४ कात्तिक ३ । नेपाली काँग्रेसका क्षेत्रिय अध्यक्ष दोर्ण कुमार कुँवरले साधारण सदस्य नरहनेगरी पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीले टिकट नदिएपछी उनले पार्टीबाट राजिनामा दिएको श्रोतले बतायो ।

प्रतिनिधी सभा सदस्यमा नरबहादुर पुन निरजलाई पार्टीले उमेदवार बनाएको र प्रदेश सभा क बाट सदस्यमा मन्जेशवम मल्ल, प्रदेश सभा ख बाट जीत शेरचनलाईलाई टिकट दिएपछी कुँवरले यो कदम उठाएका हुन् । कुँवर निसीभूजी क्षेत्रमा नेपाली काँग्रेसका सक्रिय एवं सशक्त युवा कार्यकर्ता मानिन्छन् । उनले स्थानीय तहको निर्वाचनमा भाग नलिई प्रतिनिधी सभा वा प्रदेश सभा सदस्यमा उठ्ने प्रतिक्षामा थिए ।

स्मरणीयछ, यस क्षेत्रबाट निवर्तमान सांसद ज्ञानकुमारी छन्त्यालको नाम समानुपातिकमा परेको बताईएको छ ।

उता क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा राज्यमन्त्री चम्पादेवी खड्का तथा प्रदेश सभा क बाट पार्टी सभापति दीपेन्द्र थापा र निवर्तमान सांसद प्रकाश शर्मा पौडेललाई पार्टिले टिकट दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *