निसीखोलाको याङ्गीमा तिहार बिशेष मेला आज देखि सुरु

कुम्बिर बिश्वकर्मा, बुर्तिबाङ २०७४ कात्तिक ३ । निसीखोला गाउँपालिका ५ स्थित याङ्गीमा विविध खेलकुद एबम साँस्कृतिक मेला आज देखि सुरु हुने मेला समितिका अध्यक्ष वीरबल बिश्वकर्माले जनाएका छन।

मेलामा क्रमशः पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।दर्ता शुल्क रु।९दुई हजार० ,प्रथम पुरस्कार रु २० हजार, व्दितीय पुरस्कार ,रु ११ हजार रहेको छ। महिला भलिबल प्रतियोगिताको दर्ता शुल्क रुछ सय० ,प्रथम पुरस्कार रु।९पाच हजार० , द्वितीय पुरस्कार रु।९तीन हजार एक सय० रहेको छ।

दोहोरीगित प्रतियोगिताको दर्या शुल्क रु. चार सय, प्रथम पुरस्कार रु चार हजार पाच सय, ,द्वितीय पुरस्कार रु तीन हजार रहेको छ। पुरुष छेलो प्रतियोगिताको दर्ता शुल्क रु तीन सय, प्रथम पुरस्कार रु तीन हजार ,द्वितीय पुरस्कार रु दुई छ। आइडल डान्स प्रतियोगिताको दर्ता शुल्क रु तीन सय,प्रथम पुरस्कार रु तीन हजार , द्वितीय पुरस्कर रु एक हजार पाच सय रहेको छ। ग्रुप डान्स प्रतियोगिताको दर्ता शुल्क रु तीन सय, प्रथम पुरस्कार रु तीन हजार एक सय, द्वितीय पुरस्कार रु दुई हजार एक सय रहेको छ। घैटोफोर प्रतियोगिताको दर्ता शुल्क रु एक सय,प्रथम पुरस्कार रु एक हजार,द्वितीय पुरस्कर छ सय रहेको छ उक्त कार्यक्रममा कलाकारहरु राजेश बिश्वकर्मा, लछुमण बिश्वकर्माको प्रस्तुति रहनुका साथै स्थानीय सिङ्गारु नाच र पन्चेबाजामा मायाली भाका को समेत प्रस्तुती रहने बताइएको छ।

कार्यक्रमको उद्घाटन भने भाइटिकाको दिन निसिखोला गाउँ पालिका वडा नम्बर पाच का अध्यक्ष हर्कमान घर्ती ले उद्घाटन गर्ने बताइएको छ।
कार्यक्रम आयोजना निसीखोला गाउँ पालिका वडा नम्बर पाछ रहेको जसको अध्यक्ष वीरबल बिश्वकर्मा ,सचीव हिरा बहादुर बिश्वकर्मा, कोषाध्यक्ष धाल बहादुर बिश्वकर्मा ,खेलकुद सयोजका असिम खाम मगर रहेका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *