प्रवासमा रहेका बागलुङबासीव्दारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

रबिना बोहरा, बागलुङ, २०७४ कात्तिक ३ । मानव सेवा आश्रम बागलुङ शाखालाई प्रवासमा रहेका बागलुङबासीले आर्थिक सहयोग गरेका छन् । शुक्रबार एक कार्यक्रमका बिच जापानमा बस्दै आएका व्यक्तिहरुले ४२ हजार रुपैँया संकलन गरी सहयोग गरेका हुन् ।

बागलुङ नगरपालिका ४ कुँडुले घर भई जापान बस्दै आएका प्रेमप्रसाद आचार्य, शिवप्रसाद आचार्य, बालकृष्ण विश्वकर्मा र प्रेमप्रसाद आचार्यले रकम संकलन गरी ४२ हजार रुपैँया आश्रमका मनिष रायमाझीलाई प्रेमप्रसाद आचार्यले हस्तान्तरण गरेका हुन् । उनले सो अवसरमा बोल्दै अहिले आफु सक्दो सहयोग गरेको बताउदैँ आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैदेशिक रोजगारमा गएका धेरै बागलुङबासी जापानमा रहेकाले जिल्लाको आर्थिक, सामाजिक, शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्न तत्पर रहेको आचार्यले बताए । मानिसहरु आफ्नो मात्र नभई अरुका लागि पनि बाँच्न जान्नुपर्छ भन्ने सिद्धान्तका साथ अगाडी बढेकाले आश्रममा रहेका व्यक्तिहरुको हेरचाहका लागि राहत होस् भनी रकम प्रदान गरेको उनको भनाई थियो ।

कार्यक्रममा आश्रमका मनिष रायमाझीले विदेशीहरुको सहयोग नलिइकन नेपालीको मुट्ठीदानबाट आश्रम चल्नुपर्छ भन्ने योजनाका साथ आश्रम सञ्चालन गरिरहेको बताए ।

‘सडक मानव’ मुक्त देश बनाउने लक्ष्यका सहित आफुहरुले मानसिक बिरामीहरुलाई सडकबाट उद्धार गरेर राखेको आश्रमले जनाएको छ । धौलागिरि अञ्चलका ४ जिल्लालाई लक्षित गरी मानवीय सेवामा आश्रम सञ्चालन गरिएको हो ।

मकवानपुर हेटौडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले विभिन्न जिल्लामा शाखा विस्तार गर्ने योजना अनुसार धौलागिरि अञ्चललाई लक्षित गरी बागलुङमा पनि सेवा विस्तार गरेको थियो । अहिले आश्रममा बृद्धबृद्धा तथा बालबालिका गरी १८ जना रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *