महाकवी देवकोटाको १०९ औँ जन्मजयन्तीमा उनको योगदानबारे चर्चा

कोपिला कंडेल, बागलुङ २०७४ कात्तिम २ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्ती बागलुङमा बिबिध कार्यक्रमका साथ मनाइएको छ । बिद्यामन्दिर पुस्तकालय बागलुङको आयोजनामा आज महाकवी देबकोटाको जन्मजयन्ती मनाईएको हो । सो अवसरमा महाकवी देबकोटाले नेपाली साहित्यमा पुर्याएको योगदान बारे चर्चा गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बिद्यामन्दिर पुस्तकालय बागलुङका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नेपाली साहित्यमा महाकवी देबकोटाले पुर्याएको योगदान सदैव स्मरण योग्य रहेको बताए । यस्ताखाले कार्यक्रमले साहित्यको जर्गेना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने चर्चा गर्दै उनले देबकोटाको सच्चा सम्मानका लागि उहांका बिभिन्न कृतिहरुको गहिरो अध्ययन गर्नुपर्ने बताए ।

सो अवसरमा रत्नश्रेष्ठ पुरस्कार संस्थान बागलुङका अध्यक्ष प्रेम छोटा, धौलागिरी वाङ्गमय समाजका अध्यक्ष लालचन्द्र राजभण्डारी, प्राध्यापक एबं सर्जक ओमकान्त कंडेल लगायतले महाकवी देबकोटाले नेपाली साहित्यमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।

सो अवसरमा सर्जकहरु राजेशचन्द्र राजभण्डारी, ओमकान्त कंडेल, कोपिला कंडेल, दिनेस बिकल्प सुप्रीया साप्कोटा र मनिषा साप्कोटा लगायतले कबिता वाचन गरेका थिए ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, पुस्तकालयका सल्लाहकार एबं धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको स्वागत मन्तब्य र साहित्य उपसमितिका सदस्य कोपिला कंडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

महाकवी देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धारका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्ति पनि झल्किन्छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो ।
२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन तथा त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्वपर्ण योगदान गरेका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *