तिहारको सुरुवात संगै देउसी भैलोको रौनक गाउँ गाउँमा

शान्त खत्री मौसम, गल्कोट २०७४ कात्तिक २ । गाउँगाउँमा तिहारको सुरुवात संगै देउसी भैलोको रौनक सुरु भएको छ । यतिखेर सहरदेखी गाउँसम्म विभिन्न समुह देउसी भैलोमा झुमिरहेका छन । बालबालिका देखि युवायुवती र वृद्धब्रुदालाई समेत देउसी भैलोले छोएको छ ।

प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका ३ कांक्राखोरलाई पनि देउसी भैलोले छपक्कै छोएको छ ।क्लबको देउसी भैलो कार्यक्रम दोस्रो दिन आज पनि जारी थियो।

देउसी भैलो कार्यक्रमले लोपोन्मुख परम्परागत संस्कृतिको संरक्षण सम्बर्द्धन गर्न ठुलो टेवा पुराउने प्रगतिशील युवा परिवारका अध्यक्ष कर्ण बहादुर भन्डारीले बताए।

हिजोबाट संचालित देउसी भैलो कार्यक्रममा भोलि पनि संचालन हुने भैलो टोलीका संयोजक नवीन लामिछानेले बताए। भैलोबाट संकलित रकमबाट क्लबको भवन निर्माण गर्ने उनको भनाई थियो । बिहान साढे ११ स् ३० बजेदेखि साझ ५स् ३० बजेसम्म भैलो खेल्ने समय निर्धारण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *