उँखुको खुदो बेचेर लाखौँ कमाउछन रुरुका चोलानाथ ज्ञवाली

कौरव खत्री गुल्मी २०७४ कात्तिक २ । जिल्लाको रुरु गाउँपालिका वडा नं.३ थोर्गा निवासी ४८ बर्षीय चोलानाथ ज्ञवालीले व्यवसायिक रुपमा उखुखेती गरेर अर्गानिक खुदो पेलेर राम्रो आम्दानी गरेका छन् ।

अहिलेको तिहार पर्वमा गुल्मीको खैरेनी,मजुवा,वामीटक्सार लगायतका विभिन्न स्थानीय बजारहरुमा ट्याक्टर मार्फत ड्रममै खुदो विक्रि वितरण गरेर आफूले ३ लाख आम्दानी गरेको बताए ।

पछिल्लो समयमा आफूले उत्पादन गरेको खुदो अर्गानिक भएको हुदा स्थानीय बजारहरुमा यसको माग बढ्दै जान थालेको भन्दै अहिलेको सिजनमा उखुबाट खुदो, रस,गुँड लगायतबाट झण्डै ६ लाखको आम्दानी गर्ने बताए ।

आफूले अन्य खेतीबाट भन्दा उखु खेतीबाट बढि आम्दानी हुन थालेपछि आफ्नो वारीमा झण्डै ४० रोपनी जग्गामा उखु खेती गदै आउनु भएको आएको उनले बताए ।

सामान्य उखुको खुदो उत्पादन मात्रै किसानहरुलाई उचित बजारीकरणको व्यवस्था नहुदा विक्रि वितरणमा केहि समस्या हुने गरेको ज्ञवालीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *