तमानखोला २ को बालबिकास केन्द्र गाँउपालिकाव्दारा सञ्चालनमा

बुर्तिबाङ, २०७४ कात्तिक २ । आर्थिक अभाबले बन्दभएको तमानखोला गाँउपालीका २ खोलेसबाङको एक बालबिकास केन्द्र गाँउपालीकाको सहयोगमा सञ्चालनमा आएको छ ।

स्थानीय अभिभाबकले आफनै पहलमा बालबिकास केन्द्रको भवन निर्माण गरेर कक्षा सञ्चालन गरेपनी आर्थिक अभाबका कारण करिब दुई बर्षदेखि बन्द भएको केन्द्रमा तमानखोला गाँउपालीकाले मासिक रुपमै तलब दिनेगरी एकजना सहजकर्ताको ब्यबस्था गरेसँगै पुन गत जेठ महिनादेखि सञ्चालनमा ल्याईएको हो ।

दलित बस्ती रहेको त्यस गाँउमा हाल २३ जना ४ देखि ६ बर्ष उमेर समुहका बालबालीकाले खेल्दै पद्दै गर्न पाएका हुन् । मासिक ६ हजार रुपैयाका दरले गाँउपालीकाले सहजकर्तालाई तलब दिने गरेको छ तमानखोला गाँउपालीकाका लेखापाल यमबहादुर थापाले भने । हाल अभिभाबकको चासो समेत बद्दै गएका कारण बालबच्चा केन्द्रमा आएर अध्ययन गर्न पाएका हुन् । बिहान १० देखि २ बजेसम्म सञ्चालन हुन्छ ।

दिँउसो १ बजे अभिभाब बालशिक्षामा आएर आफना बच्चालाई खाजा खुवाउने गर्दछन । दुई बजे बिदा भएपछि बच्चालाई सँगै लिएर जाने गरेका छन् । अझै खेल्न र बालबालीकाको चासोलाई बढाउन खेलकुद सामाग्रिको अभाब भएका कारण गाँउपालीकाले सहयोग गर्ने मनस्थितीमा रहेको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *