साताको तस्वीर : झिलीमिली बागलुङ !

तिहार लागे संगै अहिले गाउँघर/शहर/बजार जताततै झिलीमिली छ । भैलो खेल्नेहरुले उस्तै गुञ्जयमान बनाएका छन् । डाँडापाखामा हरियाली छ, बारीहरुमा कोदाको बाला पाकेकोछ, खेतका फाँटहरुमा लहलह धान झुलिरहेको छ, जसले नेपालीहरुको मनलाई अत्यन्त उत्साहित र फुरुङ्ग बनाइरहेको छ ।

अँझ, साँझ पख बालिएका विद्युतीय दीपले हाम्रा गाउँघरहरु÷तथा शहरहरु साँच्चिकै दुलही जसरी नै सिङ्गारिएका छन् । आम मानिसका मुहार चम्किलो बनाइरहेको छ । बुधवार साँझ बागलुङ बजारका घरघरमा बालिएके विद्युतीय उज्योलोको मनमोहक दृश्य ।

शव्द चित्र : विजय राना
बागलुङ
२०७४ कात्तिक २ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *