गुञ्ज बहादुर थापाको ९ औं दिनको पुण्य तिथिमा श्रद्वाञ्जली सभा

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक १ । गत असोज २४ गते निधन हुनुभएका गलकोट नगरपालिका ७ मल्म अरबेदीका गुञ्ज बहादुर थापाको ९ औं दिनको पुण्य तिथिमा श्रद्वाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, घुम्टे युवा परिवार मल्म, घुम्टे विद्युतिकरण उपभोक्ता समिति मल्म, गलकोट समाज गलकोट, भुतपूर्व सैनिक कल्याण संघ मल्म, राम्चेढुङगा पर्यटन केन्द्र मल्मको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा घुम्टे युवा परिवारका अध्यक्ष भिम केसी, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डे, नेकपा एमाले गलकोट नगरपालिका ७ का अध्यक्ष हुम बहादुर बस्नेत, नेकपा एमाले गलकोट नगर संयोजक डम्मर श्रीस, सचिव पदम कार्की, जिल्ला सदस्य बुल बहादुर केसीले शोक मन्तव्य व्यक्त गरेका थिए।

स्वर्गीय थापा कम्युनिष्ट आन्दोलनका सकृय योद्वा तत्कालिन नेकपा माओवादीले २०५२ सालमा थालेको जनयुद्व देखि लामो समय माओवादीमा रहि पछिल्लो समयमा नेकपा एमालेको जिल्ला सदस्यमा रहेका थिए । थापा विभिन्न सामाजिक संस्थामा समेत आवद्व थिए। श्रद्धाञ्जली कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दल बहादुर थापाको अध्यक्षता र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *