मल्म गौराखर्कको तेश्रो वार्षिकोत्सव एवं तिहार मेला जारी

थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक १ । नेपालीको गर्व, उज्यालो पर्व हामी सबैको शान, खेल कला सस्कृति हाम्रो स्थानिय पहिचान भन्ने मुल नाराका साथ जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म गैराखर्कको तेस्रो वार्षिकोत्सव तथा पाचौ तिहार मेलाको आज दोस्रो दिन विविध कार्यक्रमहरु सम्पन्न भएका छन ।

जिल्ला समन्वय समिति बागलुङका सदस्य तथा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य दल बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आयोजक रातो, आयोजक पॅहेलो, जनसिर्जनशील युवा मञ्च बोहोराफाट, युनाईटेड युथ फेमिली तल्लो लमाई र न्यु नवज्योति युवा कल्व मल्म दोस्रो चरणमा प्रवेश गरेका छन ।

सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का सदस्य लोक बहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सामुहिक नृत्य, एकल नृत्य समेत प्रस्तुत गरिएको थियो । भोली सम्म सञ्चालन हुने तिहार मेलामा पुरुष भलिबल, खुल्ला एकल नृत्य, भाई माला उन्ने प्रतियोगिता, सोरठी भैलो सॅगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । समापन कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता रहने बताईएको छ ।

कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता र गलकोट खबर अनलाईन प्रमुख थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *