निसीखोला गाँउपालिका- ७ का १३ वर्षिय बालक ४ दिन देखि बेपत्ता !

सुमन सुनार, २०७४ कात्तिक १ । निसीखोला गाँउपालिका–७ भाँझ, गौडखर्कका एक बालक विगत ४ दिन देखि बेपत्ता भएका छन् ।

बुबा पञ्चराम विश्वकर्मा र आमा मन कुमारी विश्वकर्माका १३ वर्षिय छोरा अमृत विश्वकर्मा गत असोज २८ गते देखि हराएको आमा मनकुमारीले बताईन । उक्त दिन विहान १० बजेको समयमा भाईलाई हेरचाह गर्न भनि अमृतलाई घरमा छोडेर आफु बनमा खर काट्न भनी गएको तर साँझ घर फर्कदा छोरालाई घरमा नपाएको मनकुमारीले बताएकी हुन् ।

आफ्नो साथमा भएको भाईलाई हजुरबुबा गणे विश्वकर्माको जिम्मा लगाएर मावल जान्छु भनि हिडेका अमृत अहिले सम्म कसैको सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ ।

अमृत बडीगाड गाँउपालिका–७ भिमगिठे स्थीत भिमगिठे आदर्श एकेडेमीमा कक्षा ६ मा अध्यायनरत थिए । बेपत्ता भएको दिन देखि विभिन्न ठाँउमा खोजी गर्दा पनि पत्ता लगाउन नसके पछि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा रिपोर्ट गरिएको मनकुमारीले बताईन् । मनकुमारीले आफ्नो छोराको खोजी गरि सहयोग गरिदिन सबैमा अपिल गर्नुभएको छ । साथै फेला पार्ने जो कसैले पनि ९८०८५२३२०० र ९८०६१३६४५० मा सम्पर्क गर्न अनुरोध गरेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *