गल्कोट नगरपालिकाको रिघा मनेवामा ट्याक्सी दुर्घटना, २ जना गम्भीर घाईते !

घनश्याम गौतम, गल्कोट बागलुङ २०७४ कात्तिक १ । गल्कोट नगरपालिका बाड नं ११ रिघाको मनेवामा केहि समय अघि साँझ वा १८ च ७३६ नं ट्याक्सी र्दुघटना भएको छ । दुर्घटनामा परि ट्क्सीमा सबार २ जना गम्भीर घाईते भएको हटिया प्रहरी चौकीले जनाएको छ ।

घाईते हुनेमा गल्कोट नगरपालिका बाड नं ९ का ६० बर्षिय पतिराम दर्जी र चालक बडीगाड गाँउपालिका बाड नं ३ सिसाखानीका ४६ बर्षका तुलबहादुर घर्ति रहेको गल्कोटका ट्राफिक प्रहरी महेन्द्र खत्रीले बताए ।

घाईतेहरुको अहिले स्थानिय इर्मरजेन्सी पोलिक्लिनिक प्रा लि गल्कोट हटिया बजारमा उपचार भैरहेको खत्रीले जनाकारि दिए ।

घाईते दर्जीको खुट्टामा र घर्तीको टाउकोमा गम्भीर चोट लागेको ईमरजेन्सी पोलिक्लिनिकका डाक्टर हरिसिहं भण्डारीले जनाकारी दिए । हटियाबाट खरवाङ जाने क्रममा सो र्दुघटना भएको स्थानियको भनाई छ । ट्याक्सी सडकबाट करिब १ सय ५० मिटर तल खसेको सहकर्मी मित्र खरेले जनाकारि दिए ।

दुर्घटनामा घाईतेहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *