देशमा अहिले स्वाभिमानको लडाई चलिरहेको छ : एमाले नेतृ केसी

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ कात्तिक १ । नेकपा एमाले जिल्ला कमिटि बागलुङका सदस्य गल्कोट नगरपालिकाग ७ मल्मका गुन्ज वहादुर थापाको ९ औं दिनको पुण्य तिथिको अवसरमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मना केसीले कम्यूनिष्ट आन्दोलनमा स्व. थापाले पुराएको सामाजिक योगदानको चर्चा गर्दै देश अहिले स्वाभिमानको युद्धमा रहेको वताईन ।

उनले जनतालाई लोककल्याणकारी राज्य मार्फत सम्वृद्ध गराउनु पर्ने भन्दै एमाले सोहि अभियानमा लागेको स्पष्ट पारिन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा जिल्ला समन्वय समिति बागलुङका उपसंयोजक विष्णु प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद कमल पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोटका राम वहादुर खत्री लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा गल्कोट संयोजक डम्वर श्रीसको अध्यक्षता, तथा नेकपा एमाले गल्कोट नगरकमिटि सचिव पदम वहादुर कार्किको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *