कुनपा-१३ का दुईजनालाई छुरा प्रहार गर्ने एक अभियुक्त पक्राउ, अन्यको खोजी जारी

पर्बत, २०७४ कात्तिक १ । कुश्मा नगरपालिका–१३ खौला लाकुरी बस्ने ५० बर्षीय भक्तबहादुर परियार र छिमेकी १८ बर्षीय बिबेक परियारलाई घरबाट बाहिर बोलाई छुरी प्रहार गरेको अभियोगमा स्याङ्जा आँधिखोला गाँउपालिका–३ घर भएका २४ बर्षीय गोबिन्द कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
छुरा प्रहारमा संलग्न फरार रहेका अन्य तीन जना अभियुक्तहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाईते भएकाहरुलाई उपचारको लागि ठुलीपोखरी स्वास्थ्य चौकी पठाएकोमा थप उपचारार्थ पश्चिम क्षेत्रीय अस्पताल गण्डकी लगिएको प्रहरीले जनाएकोछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *