कौडा र तास खेलिरहेका २१ जना जुवाडे १३ लाख नगद सहित पक्राउ !

काठमाडौं, २०७४ कात्तिक १ । काठमाडौं महानगरपालिका–९ बत्तिस पुतलीस्थित अर्गानिक चुलो रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा लमजुङ घर भई हाल हात्तिगौंडा बस्ने ५२ बर्षीय गोपाल के।सी।समेत १४ जनालाई नगद ११ लाख ५५ हजार ८ सय ४० रुपैयाँ र कौडा १६ थान सहित मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैवीच मोरङको बिराटनगर महनगरपालिका–१० तिनटोलीया पिपलचौक बस्ने पुष्कलराज पोखरेलको घरमा डेरा गरी बस्ने बिराटनगर महनगरपालिका–१४ घर भएका अशोककुमार यादवको कोठामा जुवातास खेलिरहेको अवस्थामा अशोककुमार यादव समेत ७ जनालाई २८ बुक तास र नगद १ लाख ५३ हजार ९ सय २० रुपैयाँ सहित बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *