आदर्श सञ्चार सहकारीद्वारा मृत्यु राहत रकम प्रदान

बागलुङ, २०७४ कात्तिक १ । सूचना र सञ्चार, वचत तथा ऋण लगायत सामाजिक कार्यमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोष अन्तर्गत शेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरिएको छ ।

संस्थाले शेयर सदस्यका परिवारका सदस्यको निधन हुदा घरमै गएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत रकम प्रदान गर्दै आएको छ ।

काठेखोला गाउँपालिका वडा नं. ७ रेश काफलवोट निवासी शेयर सदस्य भूमिराज गौतमका पिता तथा शेयर सदस्य सीतादेवी गौतमका ससुरा प्रजापति गौतमका निधन भएको दशौ दिनको पूण्य तिथिमा संस्थाका तर्फबाट घरमै गएर श्रद्धाञ्जली तथा राहत रकम प्रदान गरिएको हो ।

आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर थापा, उपाध्यक्ष अञ्जु जि.सी, सचालक भक्तबहादुर कुँवर लगायतले स्वर्गीय प्रजापति गौतमका नाती सुशिल गौतमलाई जनही ५ हजारका दरले १० हजार रुपैया मृतक राहत रकम प्रदान गरेका थिए ।

हरेक शेयर सदस्यबाट प्रत्येक दिन एक रुपैया संकलन गरी संस्थाले दैवि प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा ५ हजार रुपैया संस्थाले सहयोग गर्दै आएको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *