जनहित कला केन्द्र गल्कोटको वार्षिकोत्सव तथा तिहार मेला सुरु

थम्मन थापा सन्देश गल्कोट २०७४ कात्तिक १ । नेपालीको गर्व, उज्यालो पर्व हामी सबैको शान, खेल कला सस्कृति हाम्रो स्थानिय पहिचान भन्ने मुल नाराका साथ जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म गैराखर्कको तेस्रो वार्षिकोत्सव तथा पाँचौ तिहार मेला हिजो देखि सुरु भएको छ ।

गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आयोजकलाई पराजीत जनशिर्जनशील युवा मञ्च बोहोराफाँट भलिबल खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

आज बुधवार दोस्रो दिनको पहिलो खेल बिहान ८ बजेबाट भण्डारी परिवार राम्चे र आयोजक टिम कालो बिच हुने सचिव कोपिला खडकाले जानकारी दिईन् ।

कात्तिक २ गते सम्म सञ्चालन हुने तिहार मेलामा पुरुष भलिबल, खुल्ला एकल नृत्य, भाई माला उन्ने प्रतियोगिता, सोरठी भैलो सॅगै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । उदघाटन कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जिवी मरासिनीको स्वागत र गलकोट खबर अनलाईन प्रमुख थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *