गलेश्वरबाट नौजना जुवाडे पक्राउ, जुवातास नियन्त्रण अभियानमा प्रहरी सक्रिय

म्याग्दी, २०७४ कात्तिक १ । एक हप्ताको अन्तरालमा बेनी नगरपालिका ९ साविक घतान गाविस गलेश्वरमा प्रहरीले जुवातास खेलिरहेका नौ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । एक हप्ता अघि बेनी बजारको पिपल चोकको एक होटेलबाट ७ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले तिहार पर्वलाई लक्षित गरी सञ्चालन गरेको जुवा नियन्त्रण अभियान अन्तर्गत गलेश्वरको एक घरबाट पक्राउ गरिएका ९ जनालाई जुवा ऐनअन्तर्गत कार्वाही प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक सन्तोष रोकाले बताए । तर उनले जुवाको खालबाट पक्राउ परेका जुवाडेहरुको नाम भने खुलाएनन् ।

जुवातासमा संलग्न भएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजनाअनुसार अभियान चलाइएको प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काको भनाई छ । प्रहरीले जुवातास नियन्त्रण अभियानलाई यसैवीच प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जुवा तास नियन्त्रण अभियानलाई जिल्ला सदरमुकाम देखि ग्रामीण भेगसम्म अझै तिब्रताका साथ लैजाने बताएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *