बागलुङमा म्यादी प्रहरीमा आवेदन दिनेको संख्या १४ सय भन्दा बढी

बागलुङ २०७४ कात्तिक १ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनका लागि म्याग्दी प्रहरीका लागि बागलुङ जिल्लावाट १ हजार ४ सय ६९ जनाले आवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुरेन्द्र ढुंगानाका अनुसार म्यादी प्रहरीमा आवेदन दिनेहरुमा १२ सय ३३ पुरुष र २ सय ३६ जना महिला रहेका छन् । कात्तिक ५ गतेदेखि ८ गते सम्म छनौट प्रक्रिया शुरु हुने र १२ गतेदेखि २८ गते सम्म तालिम संचालन हुने प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

उता पर्वत जिल्लामा म्यादी प्रहरीको लागि १ हजार ३ सय १९ जनाले आवेदन फाराम भरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फाराम भर्नेमा २ सय ७१ महिला र १ हजार ४८ पुरुष रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *