सिमलचौरमा खुल्ला भलिवल प्रतियोगीता चल्दै, पहिलोचरणको खेल सकियो

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ असोज ३१ । दीपज्योती युवा परिवार बडीगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा खुल्ला भलिवल प्रतियोगीता सरस्वती प्राविको प्राङ्गण सिमलचौर नेटामा जारी छ ।

२७ टिमको सहभागिता रहेको आजको प्रतियोगीतामा पहिलो चरणको खेल सम्पन्न भएको छ । २ समुहको दोश्रो चरण पनि सकिएको छ। वेष्ट फ्रेन्ड युवा क्लव तालकोट तेश्रो चरणमा गएको छ। भोलि विहान ७ वजे देखि रेस्क्यू युथ फोर्स मुसिकोट र जनसेवा युवा क्लव सि तुन्डाडा विच खेल हुने दीपज्योती युवा परिवारका सचिव होमनाथ खरेलले जानकारी दिए ।

कार्यक्रम खेल संयोजक सुवास रानाको अध्यक्षता तथा कोषाध्यक्ष वावुरामपौडेल र सदस्य वुद्ध पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

कार्तिक १ गते अर्थात भोलि कार्यक्रमको औपचारिक कार्यक्रम संगै सहयोग दाता सम्मान तथा कलाकारहरुको प्रस्तुती तथा नृत्य प्रतियोगीता, भलिवल सेमिफाईनल तथा फाइनल लगाएतका विविध प्रतियोगीतात्मक कार्यक्रमको आयोजना गरिएको परिवारका अध्यक्ष गणेशमान चालिसेले जानकारी दिए ।

भोलिको कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष विष्णु भुसालको सहभागिता हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *