धन्वन्तरी जयन्ती : निरोगी भएर जिउनका लागि आर्युबेदको प्रयोग गर्न जोड

कोपिला कंडेल, बागलुङ २०७४ असोज ३१ । मानव स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नका लागि आर्युबेद औषधीको प्रयोग बढाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन । धन्वन्तरी जयन्ति तथा विश्व आरोग्य दिवसका अवसरमा अंन्चल आर्युबेद औषधालय बागलुङ र स्वास्थ्य रक्षाका लागि क्रियाशिल आर्युबेद समाज बागलुङको आयोजनामा गरिएको कार्यक्रममा बोल्ने सहभागीले आर्युबेदको प्रयोगले मानिस निरोगी बन्ने दाबी समेत गरे । अस्वस्थकर जीवनशैलीका कारण बिभिन्न रोगहरु निम्तीने गरेको भन्दै सहभागिले आर्युबेदको प्रचारप्रसार र प्रयोग उत्पादन प्रशोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढु्ङ्गानाले नेपालमा पाईने जडीबुटीले बैज्ञानिक तरिकाले प्रशोधन र प्रबद्र्धन गर्नुपर्ने बताएका थिए । नेपाल आर्युबेदको हिसाबले प्रशस्त सम्भावना बोकेको जिल्ला भएको भन्दै उनले यसको पहिचान र संरक्षण गर्न सके मुलुकको अर्थतन्त्रमा समेत महत्वपुर्ण योगदान पुग्ने बताए । उनले सबल स्वास्थ्यका लागि आर्युबेद औषधीको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद साप्कोटा, राष्ट्रिय जनमोर्चाका धर्म कुवर, नेपाल स्वास्थ्य प्राबिधिक सघंका अध्यक्ष राम प्रसाद खनाल, समाजसेवी देब बहादुर श्रेष्ठ, पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिष र सल्लाहकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा स्वास्थ्य रक्षाको लागि क्रियाशील आर्युबेद समाज बागलुङ्गले आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरेको थियो ।

कार्यक्रम धौलागिरी अंञ्चल आर्युबेद औषधालयका निमिक्त प्रमुख हरी पौडेलको अध्यक्षता, स्वास्थ्य निरिक्षक प्रेम प्रसाद गौतमको स्वागत मन्तब्य र स्वास्थ्य रक्षाका लागि क्रियाशील आर्युबेद समाज बागलुङ्गका अध्यक्ष रमाकान्त साप्कोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *