बागलुङमा प्राकृतिक स्वास्थ्य शिक्षा सम्वन्धी ४ दिने तालीम सम्पन्न

अमिसा कुँवर बागलुङ २०७४ असोज ३१ । बागलुङमा प्राकृतिक स्वास्थ्य शिक्षा सम्वन्धी ४ दिने तालीम आज सम्पन्न भएको छ।

आयुर सदन प्रा लि धौलागीरीका संयोजक नेत्र प्रसाद सापकोटाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्राकृतिक जीवनशैलीसँग सम्वन्धित रहेर प्राकृतिक वस्तु बाट वनेका उत्पादन अर्थात जडिबुटिको प्रयोग वाट विभिन्न किसिमका रोगको निराकरण गर्न सकिएको वताइएको छ ।

४ दिन सम्म सञ्चालन भएको आयुर सदन कार्यक्रममा प्राकृतिक वस्तुको समुचित प्रयोग गारौँ र रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिने प्राकृतिक उपाए अपनाउ र आफु स्वथ्य रहनुको साथैँ अरुलाई पनि स्वस्थ, सुन्दरता र समृद्ध वन्नको लागी कसरी अगाडी बढन सकिन्छ भन्ने विषयमा तालिमका प्रशिक्षक तथा प्रवन्ध निर्देशक विशेषज्ञ नरेन्द्र हमालले प्रशिक्षण दिएका थिए ।

उनले आफु स्वस्थ रहनको लागी आफ्नो समुदायमा रहेको जडिवुटीको प्रयोग गरौ सकेसम्म रसायनिक युक्त खाद्यवस्तुको प्रयोग सँगै अन्य देशको देखासिकी नगरौँ भन्ने विषयमा पनि प्रष्ट पारेका थिए ।

सो अवसरमा ‘आहार विहारबाट स्वस्थ्य रहने कला’ पुस्तकको विषयमा पनि विशेषज्ञ हमालले प्रकाश पारेका थिए ।

त्यस्तै सन्चालक प्रकाश बगालेले आयुर सदन प्रणालीको मुख्य उद्देश्य भनेको प्राकृतिक जीवन शैली, प्राकृतिक आहार विहार सम्वन्धी जनचेतना अभिबृद्धि गर्ने, कृषिजन्य जडीबुटीको सँकलन , उत्पादन ,विक्री वितरण समुचित प्रयोग गरी स्वस्थ समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

त्यस्तै प्रशिक्षार्थीको तर्फवाट अमिसा कुँवरले प्राकृतिक स्वास्थ शिक्षा हाम्रो लागी एकदमै राम्रो भएको, प्राकृतिक जडिवुटीवाट तयार बनाईको उत्पादन पनि स्वस्थ रहनको लागी धेरै राम्रो भएको बताउदैे यस्तो राम्रो तालीम लिन पाउदा आफुलाई धेरै खुसी लागेको बताईेन् ।

कार्यक्रमकै अवसरमा प्रशिक्षक विशेषज्ञ नरेन्द्र हमाल, आयुर सदन प्रा लि का संचालक प्रकाश वगाले , सहयोगी भरत खतिवडालाई मायाको चिनो स्वरुप खादामाला लगाएर विदायी गरिएको थियो ।

२९ गते वाट शुरुभएको कार्यक्रममा १५ जना प्रशिक्षर्थीको सहभागीता रहेको थियो । कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन प्रशिक्षर्थी भोलानाथ आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *