आफनो कार्यकाल संविधान निर्माण र विकासका दृष्टिले उपलव्धिमुलक: राज्यमन्त्री खडका

बागलुङ २०७४ असोज ३१ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एक विज्ञप्ती प्रकाशित गर्दै सम्पूर्ण जिल्लाबासीलाई धन्यबाद तथा बधाई ज्ञापन गरेकी छन् ।

राज्यमन्त्री खड्काले संविधान अनुसार व्यवस्थापिका संसदमा रुपान्तरण भएको व्यवस्थापिका संसदको कार्यकाल समाप्त भएकाले सांसद भएर आफुले र आफ्ना श्रीमान स्व हरिबहादुर खड्काले गरेको नेतृत्वमा आम जिल्लबासीहरुले देखाएको स्नेह र प्रेम प्रति धन्यबाद व्यक्त गरेकी हुन् ।

आफ्ना कार्यकालमा अधिकांश समय जनताको समस्या र विकास निर्माणमा खर्चिएको उल्लेख गर्दै आफनो कार्यकाल संविधान निर्माण र विकासका दृष्टिले निकै ऐतिहासिक र उपलव्धिमुलक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै उनले अहिले राज्यमन्त्री भएर आफ्ना क्षेत्रबाट जिल्लाबासीका लागी गर्न सक्ने जुनसुकै सहयोग गर्न आफु प्रतिवद्ध रहेको र नजिकिँदै गरेको शुभदीपावली, छठ र नेपाल सम्वतको शुभकामना व्यक्त गरेकी छन् ।

विज्ञप्तीको पूर्ण पाठ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *